रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले विजयी बनेको हो ।
गत सिजनको युरोपा लिगका फाइनलमा पुगेका दुई टोलीबीचको भिडन्त बराबरीमा सकिने देखिएको थियो । तर, खेलको ९५ औँ मिनेटमा जेसे लिन्डगार्डको पासमा गोल गर्दै रोनाल्डोले युनाइटेडलाई तीन अङ्क दिलाउन सफल भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमानी १ सय ७८ औँ खेल खेलिरहेका थिए ।
खेलमा पाको अल्कासारको गोलको मद्दतले भिल्लेरियालले अग्रता लिएको थियो । तर, एलेक्स टेलेसले २० यार्ड टाढाबाट भलीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसअघि युनाइटेडका गोलकिपर डेभिड डिगेयाले भिल्लेरियालका गोलका थुप्रै प्रयासलाई विफल बनाएका थिए ।
समूहकै अन्य खेलमा एटलान्टाले योङ ब्वाइजलाई १–० गोलले हरायो । समूहमा एटलान्टा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । योङ ब्वाइज र युनाइटेडको समान ३ अङ्क रहेको छ भने भिल्लेरियालको १ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण