सातामा प्रतितोला ६०० ले बढ्यो सुनको मूल्य
शनिबार, १६ असोज २०७८, १३ : १८
यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो । गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो ।
यस्तै, सोमबार प्रतितोला ३०० ले बढेको सुनको मूल्य मंगलबार फेरी ३०० ले घटेको थियो । यसैगरी, बुधबार तोलामा ९०० ले बढेको सुने त्यसयताका दुई दिनमा ओरालो लाग्दै शुक्रबार ८९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यो साता सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ११ सय ४० रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण