सातामा प्रतितोला ६०० ले बढ्यो सुनको मूल्य
शनिबार, १६ असोज २०७८, १३ : १८

यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो । गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो ।
यस्तै, सोमबार प्रतितोला ३०० ले बढेको सुनको मूल्य मंगलबार फेरी ३०० ले घटेको थियो । यसैगरी, बुधबार तोलामा ९०० ले बढेको सुने त्यसयताका दुई दिनमा ओरालो लाग्दै शुक्रबार ८९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यो साता सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ११ सय ४० रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद
-
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
बजेटमा सरकारले लिएको नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोज्यो : इप्पान
-
सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने
-
घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य