दुर्घटना उपचार केन्द्रको निर्माण प्रक्रिया सुरु
ठूलो सङ्ख्यामा हुने दुर्घटना उपचार केन्द्र अर्थात् ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
महामारी तथा प्राकृतिक विपत्को समयमा एकै पटक छ हजार जनालाई प्राथमिक उपचार गर्न मिल्ने गरी प्रस्तावित सो अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेटको सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा निर्माण प्रस्ताव गरिएको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले नेपाली सेनाको महìवाकाङ्क्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको सो अस्पतालको बजेट सुनिश्चितताका लागि सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
उनले भने, “यो अस्पताल निर्माणका लागि थप बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा छ करोड रुपियाँ निकासा भएर आएको छ । ” उनले भने, “७५० शय्या क्षमताको प्रस्तावित सो अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन निर्माण कार्य भइसकेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशपछि कसरी अघि बढ्ला सम्पत्ति छानबिन आयोग ?
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण