आईजीपीले बाँडे गौशाला चोकमा मास्क, पाँच एआईजी पनि मास्क बाँड्न चोक-चोकमा (तस्बिरहरु)
आइतबार, १७ असोज २०७८, १६ : २६
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं स्थित गौशाला चोकमा मास्क बाँडेका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा थापाले गौशाला स्थित प्रहरीले संचालन गरेको यात्रु सहायता कक्षमा पुगेर मास्क बाँडेका हुन् । असोज २० मा नेपाल प्रहरीले प्रहरी दिवस मनाउँदै छ । दिवसअघि प्रहरीले विविध कार्यक्रम गरिरहेको छ । आइतबार पाँचजना एआईजी (अतिरिक्त महानिरीक्षक)हरुले पनि काठमाडौंका फरक फरक चोकमा मास्क वितरण गरेका छन् ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पालले सुन्धारामा मास्क वितरण गरेका छन् । एआईजी विश्वराज पोखरेलले कलंकीमा, प्रद्युम्न कुमार कार्कीले सातदोबाटो, सहकुल बहादुर थापाले कोटेश्वर र निरज शाहीले माछापोखरी चोकमा मास्क वितरण गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण