१८ महिनापछि खुलेको बेलहिया नाकामा चहलपहल (तस्बिरहरु)
१८ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया खुला भएको छ । नाका खुला भएसँगै यहाँबाट भारत जाने र भारतबाट आउनेहरुको चहलपहल सुरु भएको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरेसँगै आइतबारदेखि यहाँ चहलपहल देखिएको हो ।
नाका सञ्चालन गर्न मन्त्रालयबाट पत्र आएपछि बेलहिया नाकाबाट गाडीहरूको आउजाउ सुरु भएको रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । नाका खुला भए पनि नेपाल आउने यात्री र पर्यटकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । रुपन्देही स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले नेपाली यात्रीको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागेमा सीमामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ ।
उनले कोरोनाको ‘हट स्पट’ मानिएका भारतीय शहरबाट आएका आएकाहरुलाई विशेष रुपमा परीक्षणको लागि आग्रह गर्ने बताए । एन्टिजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षण गरेर नतिजा अनुसार व्यवस्थापन गर्ने योजना बनाइएको उनको भनाइ छ ।
यस्तै भारतबाट नेपाल आउने यात्री र पर्यटकले ७२ घण्टे पीसीआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउनेछन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण