यौनधन्दा चलाएको आरोपमा मूलपानीबाट १ जना महिला पक्राउ, ५ किशोरीको उद्धार
काठमाडौं । काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले रातोपाटीलाई बताए ।
यौनधन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण