आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

केकी र दीपेन्द्रको ‘सुनको महल’

बुधबार, २० असोज २०७८, १२ : ४४
बुधबार, २० असोज २०७८

गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक भएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा संगीत तथा एरेन्जको अर्जुन थापाको रहेको छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक ठकुरीको अभिनय देख्न सकिन्छ । फरक फरक लोकेशनमा छायाँकन भएको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् । भिडियोमा वरिष्ठ कलाकार नीर शाहको पनि अभिनय छ । सुशील डाँगीको छायाँकन रहेको भिडियो विवेक सुनारले सम्पादन गरेका हुन् । भिडियोमा केकी र दीपेन्द्रको रोमान्स सुहाउँदो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप