मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले काँग्रेसलाई पहिलो नम्बरमा लैजान चाहेका छन् : निधि

बुधबार, २० असोज २०७८, २० : ४५
बुधबार, २० असोज २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसको नेतृत्वमा मात्र मुलुकका विभिन्न समस्याको निकास सम्भव हुने भन्दै जनताले नै अब काँग्रेसलाई पहिलो नम्बरमा लैजान चाहेको बताएका छन् ।

दसैँ मनाउनका लागि गृहनगर आएका उनले यतिबेला आफुभित्र रहेका कमी कमजोरी सच्याउने अवसर आएको बताए । काँग्रेसको १४ औँ महाधिवेशनमा आफु सभापतिको दावेदार रहेको भन्दै उनले आफू सबैसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री निधिले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका जनताले काँग्रेसलाई नै खोजिरहेको बताए । अबको निर्वाचनमा नेपाली काँग्रेसलाई बढीभन्दा बढी मत दिएर देशको बागडोर सुम्पन नेपाली जनता तयार रहेको उनको भनाइ छ ।

उनले आफु जनकपुर आउनुअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको र लामो समयदेखि सरकारले पूर्णता नपाएकोमा प्रधानमन्त्रीसमेत चिन्तित रहेको बताए । प्रधानमन्त्री तथा पार्टी सभापतिलाई आवश्यकता पर्दा जुनसुकै बेला उपस्थित हुने गरी आफू गृहनगर आएको उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप