सुनचाँदीको भाउ बढ्यो
बिहीबार, २१ असोज २०७८, ११ : ११
बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण