पम्फा भुसालको नेतृत्वमा माओवादी देउवा सरकारमा, कसको वरियता कति ?
शुक्रबार, २२ असोज २०७८, १६ : ०८
नेकपा माओवादी केन्द्रबाट पम्फा भुसालले देउवा सरकारमा नेतृत्व गरेकी छिन् । उनलाई देउवा सरकारमा चौथो वरियता दिइएको छ । यस्तै उनको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिञ्चाई रहेको छ ।
माओवादीको तर्फबाटै जनार्दन शर्मा अर्थ मन्त्री रहेका छन् । उनको वरियता सातौँ रहेको छ भने शिक्षा मन्त्री रहेका देवेन्द्र पौडेलको वरियता १४ औं नम्बरमा रहेको छ ।
यसैगरी भूमि सुधारमन्त्री रहेकी शशी श्रेष्ठको वरियता १७ औं रहेको छ भने खेलकुद मन्त्री महेश्वरजंग गहतराजको वरियता २२ नम्बरमा रहेको छ । यस्तै अन्तिम वरियतामा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई