गायक विमल गौतमको ‘बुद्धिचाल’ सार्वजनिक
शनिबार, २३ असोज २०७८, ०९ : ०६
गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको शब्द गायक स्वयम् र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् । गीतमार्फत बुद्धिचाल खेलको प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने उदेश्यले ६ वर्ष अगाडि यस गीतको शब्द लेखिएको र परिमार्जन गर्दै सार्वजनिक गरिएको गायक विमल गौतमले बताए ।
गीतमा विशेष गरी बुद्धिचाल खेलको परिचय र यसको विशेषताबारे वर्णन गरिएको छ ।
गायक गौतमको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा बिक्रम कार्कीको एरेन्ज र मिक्सिङ रहेको छ भने गीतलाई भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यसअघि गौतमले ‘रुपको झट्का’, ‘घरबेटी बा’ र ‘मायाको दुरी’ लगायतका एक दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण