गायक विमल गौतमको ‘बुद्धिचाल’ सार्वजनिक
शनिबार, २३ असोज २०७८, ०९ : ०६
गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको शब्द गायक स्वयम् र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् । गीतमार्फत बुद्धिचाल खेलको प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने उदेश्यले ६ वर्ष अगाडि यस गीतको शब्द लेखिएको र परिमार्जन गर्दै सार्वजनिक गरिएको गायक विमल गौतमले बताए ।
गीतमा विशेष गरी बुद्धिचाल खेलको परिचय र यसको विशेषताबारे वर्णन गरिएको छ ।
गायक गौतमको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा बिक्रम कार्कीको एरेन्ज र मिक्सिङ रहेको छ भने गीतलाई भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यसअघि गौतमले ‘रुपको झट्का’, ‘घरबेटी बा’ र ‘मायाको दुरी’ लगायतका एक दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने
-
निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
-
सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज
-
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु
-
आईसीसी टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, अस्ट्रेलियाका मार्स र म्याक्सवेल पनि पछाडि
-
प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल