धोनीको चौकाको ह्याट्रिक, चेन्नई फाइनलमा
पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।
अन्तिम ओभरमा चेन्नईलाई १३ रनको आवश्यकता थियो । दिल्लीका लागि टम करनले बलिङ गरिरहेका थिए । उनले पहिलो बलमा नै मोइन अलीलाई आउट गरे । तर, त्यसपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले लगातार ३ चौका हिर्काउँदै टोलीलाई जीत दिलाए । चेन्नई नवौँ पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल रह्यो । चेन्नईका लागि रुतुराज गाइकवाडले सर्वाधिक ७० रन बनाए भने रोबिन उथप्पाले ६३ रनको योगदान दिए । कप्तान धोनी नटआउट रहँदै १८ रन बनाए । दिल्लीका लागि करनले ३ विकेट लिए ।
उता, पहिलो ब्याटिङ गर्दै पृथ्वी शको ६० तथा ऋषभ पन्तको ५१ रनको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । सिमरोन हेटमायरले पनि ३७ रनको योगदान दिएका थिए । चेन्नईका लागि जोश हेजलवुडले २ विकेट लिए ।
हारे पनि दिल्ली अझै प्रतियोगिताबाट बाहिरिएको भने छैन । अब दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलाकता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा स्थान बनाउन विजेताले दिल्लीसँग एलिमिनेटरमा भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण