पानीमा डुबेको अवस्थामा ३ जनाको शव भेटियो
शुक्रबार, ०५ कात्तिक २०७८, ०८ : ०८
पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि पानीमा डुबेको अवस्थामा ३ जना मानिसको शव फेला परेको छ । नवलपरासी (पुर्व) को त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ वर्षीय जखुमाया चौहानको शव फेला परेको छ । त्यस्तै सोही, सोही वडाको लालेघाटस्थित बिनयी खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । यता, पाल्पाको प्रहरीले कालीगण्डकी नदीमा अन्दाजी ४५ बर्ष उमेर समूहका दुई जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल