हिमानीको कार्यक्रममा कलाकारको लर्को
सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो ।
पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु निम्त्याइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमल भने अनुपस्थित थिइन् । पूर्व युवराज्ञी हिमानीले ट्रस्टका पदाधिकारीहरूसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरेको कार्यक्रम स्थलमा आकर्षक सजावट गरिएको थियो । पञ्चेबाजा समेत घन्काइएको कार्यक्रमस्थलमा बेला–बेला शंखध्वनी समेत गुन्जिएको सुन्न सकिन्थ्यो । कार्यक्रमस्थलमा बाँसुरी, सारंगीको मौलिक धुनसँगै र मादलका ताल समेत गुञ्जायमान थियो ।
कार्यक्रममा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, दीपकराज गिरी, सरोज खनाल, जीतु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेत्री करिश्मा मानन्धर, पबित्रा आचार्य, शमिल्ला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की, लोक गायिका सुनिता दुलाल, लोकगायक कृष्ण कँडेल लगायत थुप्रैको सहभागिता थियो ।

कार्यक्रममा पुरुष कलाकारहरु प्राय दौरा सुरुवाल र सुटमा सजिएर सहभागी थिए भने महिला कलाकार सारीमा आकर्षक देखिन्थे । कार्यक्रममा सहभागी कलाकार, साहित्यकार लगायत अधिकांशले पूर्व राजपरिवारसँग फोटो समेत खिचाए । उक्त कार्यक्रमका तस्बिरले अहिले सामाजिक सञ्जाल समेत रंगिएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण