अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
सारांश
- अमेरिकी तेल प्रतिबन्ध पुनः लागू भए पनि आफ्नो कच्चा तेलको निर्यात सामान्य रूपमा जारी रहेको इरानले जनाएको छ ।
- इरानका तेलमन्त्री मोहसेन पाकनेजादले तेल मन्त्रालयले वर्षौंदेखि अमेरिकी प्रतिबन्धको प्रभावलाई निष्प्रभावी बनाउने संयन्त्र विकास गर्दै आएको बताएका छन् ।
- गत साता अमेरिकाले इरानमाथिको ६० दिने तेल प्रतिबन्ध छुटको व्यवस्था रद्द गर्दै पुनः पूर्ण प्रतिबन्ध लागू गरेको थियो ।
तेहरान । अमेरिकी तेल प्रतिबन्ध पुनः लागू भए पनि आफ्नो कच्चा तेलको निर्यात सामान्य रूपमा जारी रहेको इरानले जनाएको छ ।
इरानका तेलमन्त्री मोहसेन पाकनेजादले मंगलबार आफ्नो आधिकारिक टेलिग्राम खातामार्फत तेल मन्त्रालयले वर्षौंदेखि अमेरिकी प्रतिबन्धको प्रभावलाई निष्प्रभावी बनाउने संयन्त्र विकास गर्दै आएको बताएका छन् ।
उनका अनुसार अमेरिकाले तेल प्रतिबन्ध पुनः लागू गरे पनि इरानको तेल निर्यातमा कुनै समस्या नआउने र निर्यात नियमित रूपमा जारी रहनेछ ।
गत साता अमेरिकाले इरानमाथिको ६० दिने तेल प्रतिबन्ध छुटको व्यवस्था रद्द गर्दै पुनः पूर्ण प्रतिबन्ध लागू गरेको थियो ।
यो निर्णय स्ट्रेट अफ होर्मुज तथा त्यस आसपास तीनवटा तेल ट्यांकर अज्ञात वस्तुको आक्रमणमा परेको जानकारी बेलायती नौसेनासँग आबद्ध युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सले सार्वजनिक गरेपछि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण