घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ
शनिबार, ०६ कात्तिक २०७८, १८ : ४१
पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती युवकलाई चोरी गरिएको सामानसहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण