धनुषामा १ सय ७० भन्दा बढी वडामा एमाले अधिवेशन सम्पन्न
धनुषा एमालेले शनिबार १ सय ७० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । झण्डै ४ सय वडा रहेको धनुषामा १ सय ७० वटामा अधिवेशन सम्पन्न भएको धनुषा एमालेले जनाएको छ । अझै पनि विभिन्न स्थानीय तहमा अधिवेशन जारी रहेको एमाले धनुषाका नेता रोशन कर्णले जानकारी दिए ।
धनुषाको जनकपुरधाम, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायतका केही वडामा अहिले पनि वडा अधिवेशन जारी नै छ ।
जनकपुरधामका २५ वडामध्ये २२ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको नेता कर्णले बताए । एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले आइतबार बिहानसम्म अधिवेशन सम्पन्न भइसक्ने जानकारी दिए । अहिलेसम्म अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मतरुपमै वडा कार्य समितिहरु गठन गरिएको उनले बताए । विवाद उत्पन्न भएका केहि वडामा आइतबार दिउँसोसम्म टुंगो लगाएर अधिवेशन सम्पन्न गरिसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाबाबु बन्दै जस्टिन र हेली
-
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
-
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर
-
चीनले ११ वटा युरोपेली देशहरूलाई निःशुल्क भिसा दिने
-
जीतपुर सिमरामा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा २२ करोड बचत
-
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी