धनुषामा १ सय ७० भन्दा बढी वडामा एमाले अधिवेशन सम्पन्न
धनुषा एमालेले शनिबार १ सय ७० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । झण्डै ४ सय वडा रहेको धनुषामा १ सय ७० वटामा अधिवेशन सम्पन्न भएको धनुषा एमालेले जनाएको छ । अझै पनि विभिन्न स्थानीय तहमा अधिवेशन जारी रहेको एमाले धनुषाका नेता रोशन कर्णले जानकारी दिए ।
धनुषाको जनकपुरधाम, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायतका केही वडामा अहिले पनि वडा अधिवेशन जारी नै छ ।
जनकपुरधामका २५ वडामध्ये २२ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको नेता कर्णले बताए । एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले आइतबार बिहानसम्म अधिवेशन सम्पन्न भइसक्ने जानकारी दिए । अहिलेसम्म अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मतरुपमै वडा कार्य समितिहरु गठन गरिएको उनले बताए । विवाद उत्पन्न भएका केहि वडामा आइतबार दिउँसोसम्म टुंगो लगाएर अधिवेशन सम्पन्न गरिसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण