सुर्खेतबाट खैरो हेरोइनसहित एकजना युवक पक्राउ
आइतबार, ०७ कात्तिक २०७८, १० : ३५
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले बुढाको साथबाट ८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
एक पुरिया खैरो हेरोइन उनको साथबाट र २ पुरिया घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–२ स्थित कोलडाँडा घर भएका खिमबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण