शहीदको विषयलाई विवादित नबनाऔँ : पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न चरणका आन्दोलनमा ज्यान गुमाएर राष्ट्रले शहीद घोषणा गरेको विषयलाई विवादित बनाउन नहुने बताएका छन् । इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसको अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षारोपण गर्दै उनले राष्ट्रिय आन्दोलन, समावेशी समानुपातिक प्रतिनिधित्वका लागि भएको आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति विवाद गर्न नहुने बताएका हुन् ।
पार्क निर्माणका लागि सरकारका पूर्वप्रधानमन्त्री, मन्त्रीहरूले बोलेको रकम कार्यान्वयनमा नआएको बताउँदै शिक्षा मन्त्रालयबाट बोलेको रकम कार्यान्वयनका लागि आफूले पहल गर्ने बताए । उनले भने, ‘यो पार्क हाम्रो सम्पत्ति, यसलाई संरक्षण गरिनुपर्छ, यसका लागि सरकार विभिन्न दातृ निकायसँग समन्वय आवश्यक छ ।’
सोही क्रममा युनेस्को सङ्ग्रालयको पनि मन्त्री पौडेलले अवलोकन गरेका थिए । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनन् गोदेर, पूर्वमन्त्री एवम् काँग्रेस नेतृ सुजाता कोइरालालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण