विक्कीसँग विवाहको खबरबारे के भन्छिन् कटरिना ?
बलिउड अभिनेत्री कटरिना कैफ पछिल्लो समय चलचित्रभन्दा अभिनेता विक्की कौशलसँगको सम्बन्धका कारण चर्चामा छिन् । बुधबार कटरिना र विक्कीको विवाहको तयारीको खबर एकाएक फैलियो । समाचार भाइरल बनेपछि कटरिनाले आफै ती समाचारहरूको खण्डन गर्दै त्यसलाई ‘अफवाह’ बताएकी छन् ।
कटरिनाले बलिउड लाइफसँग कुराकानी गर्दै विवाहको खबरमा पूर्णविराम लगाएकी हुन् । उनले सबै खबर बकवास भएको बताइन् । यस्तो खबर कहाँबाट आउँछ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई पनि यो प्रश्न ले पछिल्ला १५ वर्षदेखि सताइरहेको छ ।’ रिपोर्टका अनुसार अहिले नै विवाह गर्ने उनको कुनै योजना छैन ।
कटरिना र विक्कीको विवाहको खबर टाइम्स अफ इन्डियाले सबैभन्दा पहिले लेखेको थियो । रिपोर्टमा दुई जनाले विवाहको तयारी सुरु गरेको उल्लेख गरिएको थियो । स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको थियो, ‘दुवैले विवाहका लागि कपडादेखि सबै डिजाइन गर्न सुरु गरेका छन् । विवाह नोभेम्बर–डिसेम्बरमा हुने तयारी छ ।’ गत महिना दुवैले एक निजी समारोहबीच इन्गेजमेन्ट गरेको पनि खबर आएको थियो । नायिकाले यसबारे आधिकारिक वक्तव्य जारी गर्दै समाचारको खण्डन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण