स्वास्थ्यमा भ्रष्टाचारका कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न: स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकाका लागि १ करोड खोप छिट्टै आउने बताएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री खतिवडाले ५० लाख फाइजर र ५० लाख मोडर्ना गरी एक करोड खोप बुकिङ भइसकेको जानकारी दिएका हुन् ।
‘बालबालिकाका लागि खोप बुकिङ भइसकेकाले अबको केही दिनमा खोप आउँछ,’ उनले भने, ‘१२ वर्ष मुनिका बालबालिकाका लागि दिइने खोपका लागि विश्व स्वास्थ्य संगठनले मान्यता दिने बित्तिकै खोप प्रक्रियालाई अगाडि बढाउँछौँ ।’ चैत्रसम्ममा दुई करोड कोरोनाविरुद्धको खोप आइसक्ने उनको दाबी छ । सरकारले प्राथमिकता परेका लक्षित समूहलाई तोकेको मिति मै खोप दिइसक्ने उनले बताए ।
कार्यक्रममा मन्त्री खतिवडाले स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने बताएका छन् । ‘जोखिम भत्ता अर्थ मन्त्रालयबाट निकासा हुनेबित्तिकै स्वास्थ्यकर्मीले पाउँछन्,’ उनले भने ‘विभिन्न अस्पतालमा जाँदा स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो सुनिरहेको छु,४५ करोडको रकम गरेर अर्थ मन्त्रालयमा पठाएका छौँ, अर्थबाट निकासा भइसकेको छैन निकासा हुनासाथ नपाएका स्वास्थ्यकर्मीले भत्ता पाउनुहुन्छ ।’
यस्तै, कार्यक्रममा आफ्नो कार्यकालमा भ्रष्टाचारका कुरा सुन्नु नपर्ने उनले प्रतिबद्धता समेत उनले जनाएका छन् । यसअघि स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएका तथ्य बाहिरिए आएकाले आफ्नो कार्यकालमा सुन्न नपर्ने उनले बताए ।‘स्वास्थ्य सामाग्री खरिदमा यसअघि ठुलो भ्रष्टाचार भएको कुरा तपाईंहरुले सुन्नु, लेख्नु भएको छ,’ उनले भने, ‘मेरो कार्यकालमा स्वास्थ्यमा भ्रष्टाचार भएका कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण