ओलीले थाइल्यान्ड र इटलीका महँगा सामान थुपारेको देखेर देउवा र म छक्क पर्यौँ ः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामान भित्र्याएको रहस्य खुलेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफूले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महँगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको बताएका हुन् ।
‘केपीले त अब मैले त्यो दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ’, प्रचण्डले अचम्म मान्दै भने, ‘बाफरे बाफ केपी ओलीको दम्भ ! उनले के ठानेको र ऐयासी जीवन, राजा भएँ भन्ने ठानेका रहेछन्’ । प्रचण्डले ओलीले आफू राजा नै भएँ अब यो दरबार छोड्नुपर्दैन भनेको जस्तो गरेको भन्दै यसबारे गठबन्धनमा छलफलसमेत भएको बताए ।
‘अस्ति हामी गठबन्धनमा कुरा पनि गर्यौ यो त जनतालाई थहा हुनुपर्यो भनेर । अर्बौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्रीलाई आउने चुनावमा जनतालाई नै फैसला गर्न दिनुपर्यो’, प्रचण्डको भनाइ छ । ओलीले आफूले बालुवाटार छोड्नु नै पर्दैन भन्ने सोचेर त्यस्ता महँगा सामान थुपारेको भन्दै उनले राजकीय सान देखाएको समेत बताए । ‘उनलाई त म राजा नै भएँ भन्ने लागेको रहेछ’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण