बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : माधव नेपाल

शुक्रबार, १२ कात्तिक २०७८, २० : २९
शुक्रबार, १२ कात्तिक २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन् । एकीकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले देशैभरी एकीकृत समाजवादीमा जनलहर बढेको दाबी गरे ।

 कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउँदै अबको केही दिनपछि १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप