काठमाडौँको यी मिठाई पसलमा भेटियो अखाद्य वस्तु
काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएपछि जरिवाना गरिएको हो । महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने, “यसअघि दिइएका निर्देशनको पालना नगरेर अटेरी गरेपछि जरिवाना तिराएका हौँ । ”
गुलाबमा भेटिएका सामग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुऱ्याउन सक्ने खालका हुन् । अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्छन्, “जुन मिठाई पसलमा गयो, त्यहीँ समस्या छ । ”
त्यस्तै महानगरले अनुुगमनका क्रममा लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेटरटाएको हो । विभागका खाद्यविज्ञ ईश्वर सुवेदीले हाइड्रो कपडा सेतो बनाउन प्रयोग गरिने रसाइन वा अखाद्य वस्तु भएकाले यो मिठाईमा प्रयोग गर्नु स्वास्थ्यका लागि घातक भएको बताए । यसको उपभोगले तत्काल कसैकसैलाई झाडाबान्ता हुने गरे पनि दीर्घकालमा आन्द्राको क्यान्सर हुनसक्ने उनको भनाइ छ । ती पसललाई १०÷१० हजार रुपियाँका दरले जरिवाना गरेको जनाएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण