शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

शनिबार, १३ कात्तिक २०७८, ११ : ३२
शनिबार, १३ कात्तिक २०७८

कैलाली झगडाको क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।  कैलालीको भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ को  अनुप साउदको मृत्यु भएको हो । 

शुक्रबार राति टिकापुर नगरपालिका–८ कालिमाटी क्षेत्रमा यी दुईबीच समान्य सामान्य विवादका क्रममा किरण साउदले अनुप साउदलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । घाइते अनुपको उपचार क्रममा टीकापुर अस्पतालम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न किरण साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप