कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु
शनिबार, १३ कात्तिक २०७८, ११ : ३२
कैलाली झगडाको क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ को अनुप साउदको मृत्यु भएको हो ।
शुक्रबार राति टिकापुर नगरपालिका–८ कालिमाटी क्षेत्रमा यी दुईबीच समान्य सामान्य विवादका क्रममा किरण साउदले अनुप साउदलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । घाइते अनुपको उपचार क्रममा टीकापुर अस्पतालम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न किरण साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण