सरकारले खुलायो नेप्सेको प्रमुख कार्यकारीको आवेदन
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ । एक सूचना जारी गर्दै नेप्सेले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओको पदपूर्ति प्रक्रिया अगाडी बढाएको हो ।
प्रमुख कार्यकारी पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै, आवेदकले चार्टड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पूँजी बजार, उद्योग/वाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापकमध्ये कुनै एक क्षेत्रमा एक वर्षको अनुभव भएको हुनुपर्नेछ ।
प्रमुख कार्यकारी पदका लागि आवेदन दिने आवेदक ३० वर्ष पुरा भएको र ६० वर्ष नाघेको हुनुपर्ने छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सीईओले पदबाट राजीनामा दिएपछि उक्त पद खाली छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण