सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले खुलायो नेप्सेको प्रमुख कार्यकारीको आवेदन

शनिबार, १३ कात्तिक २०७८, १५ : ५०
शनिबार, १३ कात्तिक २०७८

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ । एक सूचना जारी गर्दै नेप्सेले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओको पदपूर्ति प्रक्रिया अगाडी बढाएको हो ।

प्रमुख कार्यकारी पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै, आवेदकले चार्टड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पूँजी बजार, उद्योग/वाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापकमध्ये कुनै एक क्षेत्रमा एक वर्षको अनुभव भएको हुनुपर्नेछ ।

प्रमुख कार्यकारी पदका लागि आवेदन दिने आवेदक ३० वर्ष पुरा भएको र ६० वर्ष नाघेको हुनुपर्ने छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सीईओले पदबाट राजीनामा दिएपछि उक्त पद खाली छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप