संघीय निजामती ऐन अघि बढ्छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।
‘संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ‘यसबारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने कुरा बताउँदै त्यसको लागि आफू कुरा उठाइरहेको पौडेलले बताए । ‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा भएको छ’ उनले भने ।
फरक प्रसङ्गमा पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने सङ्कल्प गरेकाले फेरि तल्लो तहबाट उठ्ने बताए । पार्टीमा २०६४ सालको कुरा हुँदै गर्दा हामी कोही पनि ६४ सालको जस्तो नभएको भन्दै हाम्रा व्यवहार परिवर्तन गरी फेरि पार्टी निर्माणमा लाग्नुपर्ने बताए । अबको निर्वाचनमा पहिलो पार्टी बन्ने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण