पासपोर्ट बनाउन राहदानी विभागमा राति १ बजेदेखि लाइन (फोटोफिचर)
काठमाडौं । आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ । नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनान लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।
साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ ।
दाङ समिक्षा थापाले घर बिहान ४ बजेदेखि लाइनमा बसेको बताइन् । यस्तै थानकोटका नुबु दोर्जे पनि बिहान ४ बजेदेखि नै लाइनमा छन् । झापाका जितबहादुर राईले आफू बिहान ६ बजेदेखि लाइनमा बसेको बताए ।
तनहुँको खैरेनिटारकी प्रीति गुरुङ, धनुषा रवीन्द्र काप टोकनका लागि विहानै देखि लाइनमा छन् । विभागले दैनिक ६ सयसम्म टोकन दिने गरेको भएपनि आइतबार करिब दुई हजार मान्छे लाइनमा बसेका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण