तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार, १४ कात्तिक २०७८, १५ : ३०
आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा
-
१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित
-
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
-
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त