आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

२६ कात्तिकबाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने

आइतबार, १४ कात्तिक २०७८, ११ : ४४
आइतबार, १४ कात्तिक २०७८

बालबालिका केन्द्रीत रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट  प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता हिमालय टीभी एचडीबाट प्रसारण हुन लागेको हो ।

यो शोको ‘ब्लाइन्ड अडिसन’ को छायाङ्कन भइसकेको छ । २० भाग प्रशारण हुने शो को ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड हुनेछ । अहिले ब्याटल राउन्डको छायाङ्कन भैरहेको निर्माण युनिटले जनाएको छ ।
शोका निर्देशक लक्ष्मण पौडेल रहेका छन् ।

आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि शोमा ध्यान दिने पौडेलले बताए । यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप