बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक हप्तामै चाँया हटाउने घरेलु उपाय

आइतबार, १४ कात्तिक २०७८, १२ : १३
आइतबार, १४ कात्तिक २०७८

जाडो मौसम सुरु भएसँगै कपालमा विभिन्न समस्याहरु देखिन थाल्छन् । कपाल झर्ने, रुखो हुने र चाँया पर्ने जस्ता समस्याले धेरैलाई सताउने गर्छ । धेरैलाई सताउने समस्या भनेको चाँया नै हो । यसका लागि धेरैले विभिन्न उपायहरु अपनाउने गर्छन् । तर, पनि चाँयाको समस्या कम भने भएको हुँदैन । त्यसैले यसबाट छुटकारा पाउनका लागि केही उपयुक्त घरेलु उपायहरु यहाँ उल्लेख गरिएको छ । 

–चियाको तेल चाँया हटाउने सबैभन्दा उत्तम उपाय हो । यसको प्रयोग स्याम्पुमा मिसाएर गर्न सकिन्छ । स्याम्पुमा केही थोपा मिसाएर धुने गर्दा चाँयाको समस्या हट्दै जान्छ । यसको प्रयोग ४ देखि ५ पटक गर्दा चाँयाको समस्या हराएर जान्छ । 

–एप्पल साइडर र दही पनि चाँया हटाउने उपाय मध्ये एक हो । यसका लागि आधा कप सादा दहीमा एक सानो चम्चा एप्पल साइडर भिनेगर मिसाएर नुहाउनु अगाडि लगाएर १५ मिनेटपछि पखाल्दा चाँया हराएर जान्छ ।
–कागतीको र सुन्तलाको बोक्राको प्रयोगले पनि चाँया हटाउन सकिन्छ । यसका लागि ५ देखि ६ चम्चा कागतीको रस आवश्यकताअनुसार सुन्तलाको सुख्खा बोक्राको धुलोमा मिसाएर कपालको जरामा लगाउँदा चाँया हराउँदै जान्छ ।

–चाँया हटाउनका लागि महमा कागतीको रस मिसाएर कुनै पनि एक तेल मिसाएर छाला र अनुहारमा लगाउँदा चाँयाको समस्या हराउँदै जान्छ ।

–नरिवलको तेलमा कपूर मिसाए लगाउँदा कपालमा हुने चाँयाको समस्या कम हुँदै जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप