एक हप्तामै चाँया हटाउने घरेलु उपाय
जाडो मौसम सुरु भएसँगै कपालमा विभिन्न समस्याहरु देखिन थाल्छन् । कपाल झर्ने, रुखो हुने र चाँया पर्ने जस्ता समस्याले धेरैलाई सताउने गर्छ । धेरैलाई सताउने समस्या भनेको चाँया नै हो । यसका लागि धेरैले विभिन्न उपायहरु अपनाउने गर्छन् । तर, पनि चाँयाको समस्या कम भने भएको हुँदैन । त्यसैले यसबाट छुटकारा पाउनका लागि केही उपयुक्त घरेलु उपायहरु यहाँ उल्लेख गरिएको छ ।
–चियाको तेल चाँया हटाउने सबैभन्दा उत्तम उपाय हो । यसको प्रयोग स्याम्पुमा मिसाएर गर्न सकिन्छ । स्याम्पुमा केही थोपा मिसाएर धुने गर्दा चाँयाको समस्या हट्दै जान्छ । यसको प्रयोग ४ देखि ५ पटक गर्दा चाँयाको समस्या हराएर जान्छ ।
–एप्पल साइडर र दही पनि चाँया हटाउने उपाय मध्ये एक हो । यसका लागि आधा कप सादा दहीमा एक सानो चम्चा एप्पल साइडर भिनेगर मिसाएर नुहाउनु अगाडि लगाएर १५ मिनेटपछि पखाल्दा चाँया हराएर जान्छ ।
–कागतीको र सुन्तलाको बोक्राको प्रयोगले पनि चाँया हटाउन सकिन्छ । यसका लागि ५ देखि ६ चम्चा कागतीको रस आवश्यकताअनुसार सुन्तलाको सुख्खा बोक्राको धुलोमा मिसाएर कपालको जरामा लगाउँदा चाँया हराउँदै जान्छ ।
–चाँया हटाउनका लागि महमा कागतीको रस मिसाएर कुनै पनि एक तेल मिसाएर छाला र अनुहारमा लगाउँदा चाँयाको समस्या हराउँदै जान्छ ।
–नरिवलको तेलमा कपूर मिसाए लगाउँदा कपालमा हुने चाँयाको समस्या कम हुँदै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण