कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा, केन्द्रीय बैंकले माग्यो आवेदन
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । महामारीबाट प्रभावित उद्योग/व्यवसायले ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन गर्न आह्वान गरेको छ ।
बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गर्न भनेको हो । व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकका प्रवक्ता देवकुमार ढकालले पुनरकर्जा कार्यविधिअनुसार व्यवसायीले ५ करोड रुपैयाँसम्म कर्जा पाउने बताए ।
आवेदनमा चाहिने कागजात
पुनरकर्जाका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसूची १ बमोजिम ढाँचाको आवेदन चाहिने बताइएको छ । यस्तै, इजाजतप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय पनि पुनरकर्जाका लागि आवश्यक पर्नेछ । यसैगरी, पुनरकर्जा लिन चाहने ग्राहकको सम्पूर्ण विवरण समेत आवश्यक पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण