मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं : कार्यवाहक प्रधानमन्त्री खाण
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा आइतबार कार्यकर्तासँग कुरा गर्दै उनले त्यसको लागि सरकारले त्यस्ता राजनीतिक दलहरूसँग संवाद सुरु गरेको बताए ।
उनले गणतन्त्र र संविधानप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वाससमेत व्यक्त गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने लक्ष्य पनि सुनाए । वर्तमान सरकार संविधानको रक्षा गर्दै जनताको विश्वास जित्न सफल हुने उनको दाबी छ ।
उनले पछिल्ला दिनमा वर्षाले किसानको धान बालीमा क्षति पु¥याएको भन्दै पीडित किसानलाई सरकारले उचित राहतको व्यवस्था गर्ने बताए । गृहमन्त्री भएपछि खाण दोश्रो पटक गृह जिल्ला रुपन्देही आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण