लुम्बिनी प्रदेश : प्रतिपक्षबिना नै प्रदेशसभा धमाधम चल्दै
प्रमुख प्रतिपक्ष नेकपा एमालेले बहिष्कार गरे पनि लुम्बिनी प्रदेशसभाको बैठक धमाधम अगाडि बढाइएको छ । लामो समयदेखि एमालेले आफ्ना माग पूरा नभएको भन्दै लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी गरे पनि पछिल्ला दिनमा बैठक धमाधम चलाउन थालिएको छ ।
आइतबार जीवनाशक विषादी नियमन सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि कृषि, वन तथा वातावरण समितिमा पठाइएको छ । आजै बसेको प्रदेशसभाको बैठकमा उक्त विधेयक कृषि, खाद्य तथा प्रविधि मन्त्री सुमन शर्माले पेस गरेकी थिइन् । त्यसपछि उक्त विधेयक सर्वसम्मतका साथ स्वीकृत गर्दै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।
यता प्रमुख प्रतिपक्ष एमालेले आज पनि बैठकमा नाराबाजी गरेका थिए । बैठकको सुरुमै एमालेका सांसद तुलसी चौधरीले आफूहरूमा माग पूरा नभएको भन्दै विरोध जारी रहेको बताएका थिए । एमालेले सूर्य चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । शाही र वली दुवैजना मन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण