कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा
बुधबार, १७ कात्तिक २०७८, १२ : २७
प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढी पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाए ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा बाढी पहिरोबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ । सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी यहाँ आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण