आज यी स्थानमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । भने, पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक