बलिउड ‘ड्रग्स केस’ : लाखौं खर्च गरेर ‘ह्वाट्सएम च्याट’ डिलीट गर्ने होड सुरु
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान भर्खरै २८ दिन जेल बसेर रिहा भए । लागुऔषध प्रयोग गरेको अभियोगमा जेल परेका उनी अक्टोबर ३० मा जेलबाट निस्किए । बलिउडसँग जोडिएका उनी मात्रै होइन यसअघि पनि थुप्रै लागुऔषधका कारण प्रहरीसम्म पुगिसकेका छन् । रिया चक्रवर्ती पनि केही समय अगाडि मात्रै जेल परेकी थिइन् । दीपिका पादुकोण, सारा अली खान, सञ्जय दत्त लगायतका कलाकार पनि यो प्रकरणमा मुछिएका छन् । यी कलाकारहरुको यो प्रकरणको बारेमा धेरै जसो खुलासा ह्वाट्सएपबाट भएको थियो ।
ह्वाट्सएपको कुराकानी बाहिरिएर लागुऔषधको विषय बाहिर आएपछि बलिउडमा च्याट डिलिट गर्ने होड नै सुरु भएको छ । यसका लागि फरेन्सिक विशेषज्ञहरूले काम गरिरहेका छन् । ह्वाट्सएप प्रयोगकर्ताहरूले डिलिट भएका च्याटहरु फेरि निकाल्न मिल्ने थाहा पाएपछि यसलाई सधैंका लागि डिलिट गर्ने माध्यमहरु खोजिरहेका छन् ।
यसका लागि थुप्रै निजी ल्याबमा काम भइरहेको छ । मुम्बईको फाइनेन्शियल हबमा भएको चेकजाँचपछि उनीहरु च्याट डिलिट गर्ने काम गरिरहेको स्वीकार गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । एक निजी ल्याबका विशेषज्ञले फेरि रिकभर नहुने गरी च्याट डिलिट गर्न २ लाख लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण