बेरोजगारलाई रोजगारी दिइन्छः श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बेरोजगारलाई रोजगारी दिन पहल गरिने बताएका छन् । कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उनेका भनाइ छ । नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।’
उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको पनि बताए । संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विकले जिल्लाको विकास निर्माणमा तीन तहको सरकारको हातेमालो रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण