पुटिन र लुकाशेन्द्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ। सन् २०२१–२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको छ।
सो अवसरमा राष्ट्रपति पुटिनले ‘यी कागजातले समन्वित रूपमा बृहत् आर्थिक रणनीति प्रवर्द्धन गर्न तयार गरिएको २८ क्षेत्रीय संघका कार्यक्रमहरू समेट्दै एकीकृत कर सिद्धान्तहरू लागू गर्ने’ बताएका छन् ।
त्यसैगरी उनले यस कार्यक्रमबाट ऋण र वित्तीय एवं बैंकिङ क्षेत्रहरूमा, उद्योग र कृषिमा साझा नीति लागू गर्न, एकीकृतरुपमा तेलको व्यवस्थापन मिलाउनका लागि नियमहरू तयार पार्न ग्यास र बिजुली बजार एवं यातायात सेवाहरुको व्यवस्थापन गर्न सहज हुने बताएका छन् ।
यी क्षेत्रगत एकीकरण कार्यक्रमहरू सञ्चालन गरेर, रूस र बेलारुसले समान र एकीकृत व्यापार वातावरण सृजना गर्ने राष्ट्रपति पुटिनको भनाइ छ। त्यसैगरी लुकाशेन्कोले यसलाई ‘संघ निर्माणको बाटोमा अर्को महत्त्वपूर्ण कदम’ भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
'तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?' भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण