महोत्तरीमा सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, १९ कात्तिक २०७८, १४ : ४७
महोत्तरीमा विपरित दिशाबाट आइरहेका टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित कारेभोगटे पुल नजिकै गएराती सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको टाटा सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने सुन्धिर मिश्रको मृत्यु भएको हो ।
उनलाई थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । महोत्तरी प्रहरीले टाटा सुमो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण