आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

१६ बैंकको लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

हालसम्मकै उच्च प्रतिफल दिनेमा नबिल
आइतबार, २१ कात्तिक २०७८, ०६ : ५३
आइतबार, २१ कात्तिक २०७८

१६ वाणिज्य बैंकले तिहार अघि नै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गर्नेहरूमा नबिल, हिमालयन, सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स्, नेपाल बंगलादेश, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यस्तै, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिद्धार्थ, एभरेष्ट, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं र एनएमबी बैंकले समेत तिहार अघि नै आफ्नो लाभांश घोषणा गरेका छन् । 

हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक

कुल २७ वाणिज्य बैङ्कहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका १६ बैङ्कहरू मध्ये पति हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक बनेको छ । बैंकले अधिकतम ३८ प्रतिशतसम्मको लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएसँगै बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूमा वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा कुल ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै, हिमालयन बैंकले २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीलाई २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा बैंकले कुल २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने बैंकको चुक्ता पुँजी हाल १० अर्ब ६८ करोड रुपैँया पुगेको छ । 

यता मर्जर पार्टनर इन्भेष्टमेन्ट बैंकले भने गत आर्थिक २०७७/७८ मा कुल तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार खुद नाफा आर्जन गरेकोमा नाफाबाट १६ प्रतिशत मात्र लाभांश वितरण गर्ने जनाएको छ । बैंकले गत वर्षको मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

सो बापत बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने, ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अन्य कुन बैंकले कति गरे लाभांश घोषणा ?

हालसम्म लाभांश घोषणा गरेका बैङ्कहरू

सानिमा बैंक  : सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरणको घोषणा गरको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

सिटिजन्स बैंक  : सिटिजन्स बैंकले गत वर्षको मुनाफाबाट सेयर धनीहरूलाई १६ प्रतिशत लाभांश दिँदैछ । बैंकले नाफापछिको चुक्ता पुँजीबाट १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश दिने भएको हो । गत वर्ष बैंकले कुल एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल बंगलादेश बैंक  : नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयर धनीहरूलाई अधिकतम १५.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट आर्जित चुक्ता पुँजीको अधिकतम १२ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

माछापुच्छ्रे बैंक  : माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको छ । बैंकले कुल १४ प्रतिशत मध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

स्ट्यान्डर्ड चार्डड बैंक  : बैंकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.०३ प्रतिशत गरी कुल १३.०३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको नाफा १ अर्ब ४० करोड १२ लाख ४४ हजार रहेको छ ।

कुमारी बैंक  : कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश गरी जम्मा ८.६७ प्रतिशत मात्र लाभांश दिने भएको हो । जबकि सो वर्ष बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल बैंक  : सरकारी स्वामित्वको पुरानो बैंक, नेपाल बैंकले गत वर्षको नाफाबाट सेयर धनीहरूमा अधिकतम १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरको छ । बैंकले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको गत वर्षको नाफा ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ रहेको छ । 

एनआईसी एशिया बैंक  : एनआईसीले गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको गत वर्षको नाफा ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ रहेको छ । 

सिद्धार्थ बैंक  : बैंकले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । गत वर्ष बैंकले २ अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

एभरेष्ट बैंक  : एभरेष्ट बैंकले १०.३२ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । गत वर्ष बैंकले १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ कमाएको छ ।

ग्लोबल आईएमई बैंक  : बैंकले १३.५ लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । गत वर्ष ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ कमाएको छ । 

बैंक अफ काठमाडौं  : बैंकले गत वर्ष १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएकोमा १४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तो लाभांश चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

एनएमबी बैंक  : एनएमबी बैंकले गत वर्षको मुनाफाबाट १५.८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । एनएमबीले गत वर्ष २ अर्ब ७३ करोड ५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप