फिल्म शुटिङको क्रममा जब ऐश्वर्याको कानबाट रगत बग्यो...
बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, ऐश्वर्या राय मुख्य भूमिकामा थिए । फिल्मको सिनले मात्र होइन, गीतले पनि दर्शकको मन जित्न सफल भएको थियो । ऐश्वर्या रायको यसै फिल्मसँग जोडिएको एक कहानी छ ।
फिल्मको गीत ‘डोला रे डोला’ मा माधुरी दीक्षित र ऐश्वर्या राय एक साथ नाचिरहेका थिए । फिल्मको यो गीत अत्यधिक महँगो रहेको थियो । यो गीतमा माधुरी र ऐश्वर्याले नृत्य प्रस्तुत गरेका थिए । यो गीतको सुटिङका लागि २.५ करोड खर्च गरेका थिए । यो गीतको कोरियोग्राफ सरोज खानले गरेकी थिइन् । यसै गीतको सुटिङको क्रममा ऐश्वर्याको कानमा लगाएको झुम्काले कान काटेको थियो । भारी झुम्काका कारण उनको कानबाट रगत बग्न थाल्यो । तर, ऐश्वर्या नाच्नमा यति मग्न थिइन् कि उनले कानको चोटलाई ध्यानै दिइनन् ।
उनले उक्त फिल्मका लागि ‘बेस्ट एक्ट्रेस’ को फिल्मफेयर र आइफा अवार्ड जित्न सफल भएकी थिइन् । उनको यो फिल्म र गित दुवैको निकै चर्चा हुने गर्छ । यसलाई निकै मन पनि पराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण