न्यायाधीशहरु प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने निष्कर्ष निकालेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले आफू समेतको इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए । सो छलफलबाट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने र बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा पनि नहेर्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले बताए ।
ती न्यायाधीशका अनुसार आजको बैठकमा प्रधानन्यायाधीशले आफूलाई इजलास तोकेकोप्रति असन्तुष्टि जनाएका थिए । यसअघि न्यायाधीशहरूसँगको छलफलका क्रममा प्रधानन्यायाधीशले आफूलाई इजलास नतोक्ने सहमति जनाएका थिए । तर, यसविपरित प्रधानन्यायाधीशले आज आफूसहित ५ वटा इजलास तोकेका थिए भने आफू सम्मिलित एउटा पूर्ण इजलास पनि तोकेका थिए । कुमार चुडालसहितको बन्दी प्रत्यक्षीकरणको इजलास तोकेपछि न्यायाधीशहरुको असन्तुष्टिकै कारण आज सुनुवाइ भने गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ प्यालेस्टिनी इजरायली सेनाबाट मारिए
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात