उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् ।
कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।
रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिविपन्नमा सूचीकृत छन् । तथ्याङ्कअनुसार उपत्यकामा दुई महानगर र दुई गाउँपालिकासहित २० नगरपालिकामा ३४ हजार ९ सय ९३ अतिविपन्न परिवारले राहत पाउनेछन् ।
नगरपालिकामध्ये शंकरापुरमा ६ सय ६४, कागेश्वरीमा १ हजार ५४, गोकर्णेश्वरमा १ हजार ६ सय ४९, बूढानीलकण्ठमा १ हजार ४ सय ३२, टोखामा १ हजार ५ सय ६९, तारकेश्वरमा १ हजार १ सय ३०, नागार्जुनमा १ हजार ४ सय १६, कीर्तिपुरमा १ हजार ४, चन्द्रागिरिमा १ हजार ३ सय १ र दक्षिणकालीमा ३ सय ५२ अतिविपन्न परिवार सूचीकृत छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त