सहकारीको सुरक्षा गार्डको हत्या : हत्यारासम्म पुग्न प्रहरीलाई सकस
दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगु स्थित राजपुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारीका सुरक्षा गार्डको हत्या भयो । कात्तिक १० मा राति सहकारीमा गार्ड बसिरहेका बेला ६८ वर्षीय पूर्णबहादुर खड्का ‘बाबुराम’को हत्या गरिएको थियो । हत्या भएको १४ दिन भइसक्दा प्रहरीले आरोपीको पहिचान गर्न सकेको छैन ।
पूर्णबहादुरको शव सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा भेटिएको थियो । शव सडकबाट करिब ४० मिटर तल जंगलमा फालिएको थियो । उनी ९ वर्षदेखि सहकारीमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए । उनको मुख, हात र खुट्टामा खादाले बाँधिएको थियो ।
कात्तिक १० मा साँझ ६ बजेर ३० मिनेटमा परिवारसँगै खाना खाएर ड्युटीमा गएका खड्का भोलिपल्ट बिहान ११ बजेसम्म घरमा नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । सुरक्षा गार्डको हत्या गरेर सहकारीबाट १ लाख ८५ हजार ७८० रुपैयाँ नगद लुटपाट भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हत्याबारे गहिरो अनुसन्धान भइरहेको दोलखाका डिएसपी भेषराज रिजालले बताए । ‘सबै कोणबाट गहिरो अनुसन्धान गरिरहेका छौँ’ डिएसपी रिजालले भने–‘शंकास्पदहरुलाई निगरानीमा राखेका छौँ ।’ घटनास्थलको चारैतिर जंगल रहेको र सिसिटिभी नभएको हुनाले प्रहरीलाई अनुसन्धान गर्न सकस भएको छ । खड्काले बोक्ने मोबाइल फेला परेको छैन । जिल्ला सदरमुकाम चरिकोटबाट घटनास्थल पुग्न मैनापोखर हुँदै जाँदा गाडीमा ३ घण्टा लाग्छ ।
जिल्ला अस्पताल दोलखामा शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार खड्काको टाउको र करङमा गहिरो चोट देखिएको छ । बल प्रयोग गरेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण