बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरमै गरिन् दीपाले छठ पूजा

बुधबार, २४ कात्तिक २०७८, २१ : ०८
बुधबार, २४ कात्तिक २०७८

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि बुधबार छठ पूजा गरेकी छन् । उनले विराटनगरस्थित सिंगीया र नहरमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा गरेको तस्बिर उनले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।

हरेक वर्ष छठ विराटनगरमा मनाउने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको विकास भएको महसुस हुने बताइन् ।  उनले छठमा ब्रत बस्ने ब्रतालुहरुसँग समेत आर्शिवाद लिएकी छन्  ।  व्रतालुको आर्शिवाद आफुलाई भगवानको आर्शिवादझैैं महसुस हुने समेत उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप