सुडानी सेनाको एकपक्षीय कदमलाई पश्चिमा जगतले नमान्ने
राज्य सञ्चालनका लागि नयाँ सार्वभौम परिषद् गठन गर्ने सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानको कदमलाई पश्चिमा जगतले एकलौटी भन्दै आलोचना गरेको छ । देशमा प्रजातन्त्र स्थापनाका लागि गठित संक्रमणकालीन सरकारलाई अपदस्थ गर्दै बर्हानले गत महिना सत्ता हातमा लिएका थिए ।
‘सेनाको यो एकपक्षीय कदमले यसअघि सहमति जुटेको संक्रमणकालीन फ्रेमवर्कलाई कार्यान्वयन गर्ने प्रतिवद्धताको अवमूल्यन गर्छ,’ नर्वे, बेलायत, अमेरिका, युरोपेली युनियन र स्वीट्जरल्यान्डले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता कदमको विरुद्धमा छौं ।’
बुर्हानले जनताको प्रतिनिधित्व गर्दै सार्वभौम सरकारमा सहभागी भएका प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई नजरबन्द गरेका छन् । त्यसयता, सुडानमा आन्दोलन चलिरहेको छ । तर, बुर्हानले त्यसको बेवास्ता गर्दै गत बिहीबार एकलौटी रुपमा १४ सदस्यीय सार्वभौम परिषद् गठन गरेका थिए । यस परिषद्मा उनी आफैं प्रमुख छन् । बिहीबार राति नै यो परिषद्ले सपथ लिएको छ ।
परिषद्को उपप्रमुखमा अर्धसैन्य दस्ता र्यापिड सपोर्ट फोर्सका नेता मोहम्मद हम्दान डागालो छन् । यस परिषद्मा तीन वरिष्ठ सैन्य व्यक्तित्व पनि छन्, जो अघिल्लो परिषद्‍मा पनि थिए । त्यस्तै, पाँचजना जनताका प्रतिनिधि र तीन पूर्व विद्रोहीहरु पनि छन् । थप, तीनजनाले भने सपथ लिन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण