दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाई लडिरहेका छौं : माधव नेपाल
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई लडिरहेको बताएका छन् । उनले यो लडाई देशभक्ति र मूल्य मान्यताको लडाई भएको समेत बताए । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए ।
उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौं ।’
देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको बताउँदै उनले पत्रकारहरुले पनि त्यसखालका विकृति विसंगितविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण