मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाई लडिरहेका छौं : माधव नेपाल

शनिबार, २७ कात्तिक २०७८, ११ : ३७
शनिबार, २७ कात्तिक २०७८

नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई लडिरहेको बताएका छन् । उनले यो लडाई देशभक्ति र मूल्य मान्यताको लडाई भएको समेत बताए । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौं ।’ 

देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको बताउँदै उनले पत्रकारहरुले पनि त्यसखालका विकृति विसंगितविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप