मुख्यमन्त्री र मन्त्रीहरुलाई माधवको निर्देशन : विवादास्पद काम गरेको सुन्नु नपरोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् ।
शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका मुख्यमन्त्री र मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् । त्यसक्रममा अध्यक्ष नेपालले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिने समेत बताए ।
उनले आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा सो पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो । सपथ ग्रहणपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता,मन्त्री, मुख्यमन्त्री र कार्यकर्ताहरूले पालना गर्नुपर्ने आचरणका बारेमा निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण