शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

८२ सयको परीक्षण गर्दा २९५ जनामा कोरोना पुष्टि

शनिबार, २७ कात्तिक २०७८, १६ : २४
शनिबार, २७ कात्तिक २०७८

देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २६० तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४७८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७१ को पुगेको छ । देशभर थप ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप